उदयपुरमा आगलागी, तीन घर जलेर नष्ट
उदयपुर, १४ कार्तिक
कटारी-८ स्थित ढुङ्गेमा आज आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छन् । आगलागीबाट स्थानीय पूर्णबहादुर मगर, सन्तबहादुर मगर र यज्ञबहादुर मगरको घर पूर्ण रुपमा जलेर नष्ट भएको हो ।
पूर्णबहादुरको घरबाट एक्कासी आगलागी सुरु भएर अन्य दुई घरसमेत जलेर नष्ट भएको वडाध्यक्ष नविन तामाङले बताए । आगलागीबाट झण्डै ४६ लाखको क्षति भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक रविन कार्कीले बताए ।
आगलागीमा परी पूर्णबहादुरको अन्नपात, सुनचाँदी, पशुचौपाया गरी २५ लाख, सन्तबहादुर मगरको घर, काठपात लगायत गरी १५ लाख र यज्ञबहादुर मगरको घरसहित ६ लाख बराबरको क्षति भएको पनि प्रहरी उपरीक्षक कार्कीले बताए ।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस