• जीवनशैली | Jiwanshaili
  • विश्वमा इतिहासमा आजःवल्ड ट्रेड सेन्टरको स्थापनादेखि चीनको ग्रेट वालको अर्को खण्ड फेला


    आज ३ नोभेम्बर । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्वमा आज भएका केही महत्वपूर्ण घटनाः

    डोमिनिका स्वतन्त्र

    सन् १९७८ डोमिनिकाले स्वतन्त्रता प्राप्त गरेको थियो । क्यारिवियन टापु डोमिनिका सन् १८०५ देखि बेलायतको उपनिवेश बनेको थियो ।

     

    म्यारिनर १० अन्तरिक्षमा

    अमेरिकी अन्तरिक्षसम्बन्धी निकाय नासाले सन् १९७३ मा अन्तरिक्षमा  म्यारिनर १० यान पठाएको थियो । म्यारिनर १० बुध र शुक्र ग्रहमा एकै पटक उड्ने पहिलो यान हो ।

     

    अमेरिकी संसदमा अफ्रिकी मूलका पहिलो अमेरिकी

    सन् १८६८ मा जोन विलिस मेनार्ड अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा निर्वाचित भएका थिए । मेनाड अमेरिकी संसदमा निर्वाचित हुने पहिलो अफ्रिकी मूलका अमेरिकी हुन् ।

     

    चीनको ग्रेट वालको अर्को खण्ड फेला

    सन् १९९८ मा चीनको ग्रेट वालको केही खण्ड फेला परेको थियो । उत्तरी चीनको सानो स्वायत्त क्षेत्र निनजिक्सयाको हुवीमा थप २५ किलोमिटर पर्खाल फेला परेको थियो । योसँगै चीनको पर्खालको कूल क्षेत्रफल ७३०० किलोमिटर पुगेको थियो ।

     

    वल्ड ट्रेड सेन्टर स्थापना

    सन् २००१ को ११ सेप्टेम्बरमा अतिवादी सञ्जाल अलकायदाले वल्ड ट्रेड सेन्टरमा हमला भएको थियो । सन् २०१४ मा पुरानो कमप्लेक्स नजिकै अर्को वल्ड ट्रेड सेन्टर खुला गरिएको थियो ।


    क्याटेगोरी : डायाेस्परा, ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस