विश्व इतिहासमा आजः क्यानडाका प्रधामन्त्रीको हत्या प्रयास
आज ५ नोभेम्वर । प्रस्तुत छ विश्वमा आज भएका केही महत्वपूर्ण विश्व घटनाः
चाङ १ चन्द्रमाको कक्षमा प्रवेश
चीनले चन्द्रमाको अध्ययन गर्न पठाएको यान चाङ १ सन् २००७ मा पहिलो पटक चन्द्रमाको कक्षमा प्रवेश गरेको थियो । सो यानले २६ नोभेम्बरमा पहिलो पटक पृथ्वीमा तस्विर पठाएको थियो ।
अमेरिकी सिरियल किलरको स्वीकारोक्ती
सन् २००३ मा अमेरिकाका कुख्यात सिरियल किलर ग्रे रिडग्वेले सन् १९८० र १९९० को दशकमा भएका शृंखलाबद्ध आक्रमणमा आफ्नो संलग्नता रहेको स्वीकार गरेका थिए । उनले कम्तिमा ४९ महिलाको हत्या गरेका थिए ।
क्यानडाका प्रधामन्त्रीको हत्या प्रयास
सन् १९९५ मा क्यानडाका तत्कालिन प्रधानमन्त्री जिन क्रिटिनको हत्या प्रयास भएको थियो । एन्ड्रि डालियरले प्रधानमन्त्रीले असफल हत्या प्रयास गरेका थिए ।
भ्याटिकन सिटीमा बिस्फोट
सन् १९४३ मा विश्वयुद्धको समयमा भ्याटिकन सिटीमा इटालीको लडाकु विमानबाट बम खसालिएको थियो ।
मेजरले गोली चलाउँदा १३ को मृत्यु
सन् २००९ को ५ नोभेम्बरमा टेक्सासको फोर्ट हुडस्थित सेनाको एउटा केन्द्रमा सेनाका मेजरले गोली चल्दा १३ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका थिए ।
क्याटेगोरी : डायाेस्परा, ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस