नाइटक्लबमा आगलागी, १३ जनाको मृत्यु
मस्को, २० कात्तिक
रुसको कोस्ट्रोमा सहरको भिडभाडयुक्त नाइटक्लबमा बिहान आगलागी हुँदा १३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । एक व्यक्तिले छतमा फ्लेयर बन्दुक हानेपछि बार, रेस्टुरेन्ट र ठूलो डान्स फ्लोर भएको मनोरञ्जन स्थलमा स्थानीय समयअनुसार शनिबार दिउँसो २ बजे आगलागी भएको तास समाचार संस्थाले जनाएको छ ।
मस्कोबाट करिब ३०० किलोमिटर (१९० माइल) उत्तरपूर्वमा पर्ने कोस्ट्रोमाका प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै उक्त समाचार संस्थाले रिपोर्ट गर्यो, “कोठा द्रुत रूपमा धुवाँले भरिन थाल्यो र बाहिर निस्कनेहरू देख्न गाह्रो भयो। त्यहाँ सर्वसाधारण आतंकित बनेका थिए । “
आगलागीबारे प्रहरीले अनुसन्धान सुरु गरिरहेको छ ।
क्याटेगोरी : डायाेस्परा, ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस