• जीवनशैली | Jiwanshaili
  • बाल यौन दुरूपयोग गरेको अभियोगमा पक्राउ


    ओखलढुङ्गामा १५ वर्षीया किशोरीलाई बाल यौन दुरूपयोग गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सुनकोशी गाउँपालिका–८ बस्ने २१ वर्षीय यसु श्रेष्ठ भन्ने ईन्द्र बहादुर श्रेष्ठ छन् । उनलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

    श्रेष्ठले ती किशोरीलाई बिहीबार साँझ बाल यौन दुरुपयोग गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कोषाहाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


    क्याटेगोरी : ताजा अपडेट, समुदाय

    प्रतिक्रिया दिनुहोस