साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली
साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसुचक उकालो लागेको छ । आज नेप्से परिसुचक २.२५ प्रतिशतले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार ४३.२० अंकले बढेर १९६५.३६ विन्दुमा रोकिएको छ ।
साथै ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्समा २.१३ प्रतिशतले वृद्धि भइ ८.०९ अंकले बढेर ३८७.५२ विन्दुमा रोकिएको छ । बिहीबार भने नेप्से परिसुचकमा ०.८३ अंकले घटेकोे थियो । यस्तै ३९ लाख १३ हजारभन्दा बढीको सेयर किनबेच हुँदा एक अर्ब ५४ करोड आठ लाख ३२ हजार ५६१ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
म्युचुअल फण्डबाहेक सबै कम्पनीको कारोबार बढेको छ । माइक्रोफाइनान्स १९६.२, जीवन बिमा ९५.०९, विकास बैंक ९१.०५, हाइड्रो पावर ६६.६८, होटल तथा पर्यटन ६१.१८, बैंकिङ ११.३९, ट्रेडिङ ५२.८४, फाइनान्स ६४.६९, निर्जीवन बिमा १३३.२६ र अन्य ५६.७६ अंकले बढेको छ ।
आइतबार १८६ कम्पनीको कारोबार भएकोमध्ये १८५ कम्पनीमा वृद्धि भएको छ भने एउटा मात्र कम्पनी घाटेको छ । मानुसी लघुवित्त वित्तिय संस्था १०६.३०, जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था ३०९.९० र एनइएसडिओ समृद्ध लघुवित्त वित्तिय संस्था २८८.५० अंकले वृद्धि भएको छ ।
एनइएसडिओ समृद्ध लघुवित्त वित्तियको सेयर किनबेच गर्दा १० करोड १४ लाख ९६ हजार कढी र एभरेष्ट बैंकमा भने सात करोड नौ लाख एक हजारभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ।
क्याटेगोरी : ताजा अपडेट, समुदाय
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस