• जीवनशैली | Jiwanshaili
  • विवाह भोजमा कारले ठक्कर दिँदा ४ जनाको मृत्यु


    म्याड्रिड–स्पेनमा एक विवाह भोजमा कारले ठक्कर दिँदा चार जनाको मृत्यु भएको छ भने अन्य चार जना गम्भीर घाइते भएका छन् । अधिकारीहरूले तीन संदिग्धलाई हिरासतमा लिएका छन् र चौथो व्यक्तिको खोजी गरिरहेका छन् ।

    म्याड्रिडबाट करिब २५ किलोमिटर (१६ माईल) उत्तरपूर्वमा रहेको टोरेजोन डे अर्डोजमा विवाहको आयोजना गरिरहेको रेस्टुरेन्टको अगाडि बिहानै झगडा भएको थियो।

    झगडापछि एउटा कारले विवाहमा आएका पाहुनालाई ठक्कर दिएर भागेको थियो । ‘ घटनास्थलमा पुग्दा चार जना मृत अवस्थामा भेट्टायौं’, म्याड्रिड आपतकालीन सेवाका प्रमुख कार्लोस पोलोले भने।

    घाइते अन्य चार जनालाई उपचारका लागि अस्पताल लगिएको उनले बताए ।


    क्याटेगोरी : ताजा अपडेट, समुदाय

    प्रतिक्रिया दिनुहोस