श्रीमान्–श्रीमती मृत अवस्थामा फेला
रुपन्देहीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला परेका छन् । देवदह नगरपालिका–५ काे पाल्पाली टोलमा घरभित्र चुकुल लागेको अवस्थामा श्रीमान् श्रीमतीको शव फेला परेको प्रहरीले जनाएको छ।कतारबाट छुट्टी आएका ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीय हेमकला जोल्मी मगर आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका हुन् ।श्रीमतीको शव भुइँमा तन्नाले बेरिएको अवस्थामा रहेको र श्रीमानको शव पङ्खामा झुन्डिएको अवस्थामा रहेको देखिएकोले श्रीमानले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको देवदह प्रहरी चौकीका प्रमुख गंगाबहादुर सारुले जानकारी दिए । इलाका प्रहरी कार्यालय बुटवलको टोली आएकाले थप प्रक्रिया अगाडि बढेको उनले बताए।
क्याटेगोरी : ताजा अपडेट, समुदाय
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस