प्रदेश १ का वनमन्त्री थापाको निधन
प्रदेश नम्बर १ सरकारका वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको निधन भएको छ। आगामी निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट मोरङ क्षेत्र नम्बर ३ (क)का प्रदेशसभाका उम्मेदवारसमेत रहेका थापाको निधन भएको हो।
५८ वर्षीय थापा असोज २३ गते उम्मेदवारी दर्ता गराउँदा नै उनी बिरामी परेका थिए। उनलाई गत असोज २४ गते उपचारका लागि नोबेल अस्पताल भर्ना गरिएको थियो। थापाको उपचारकै क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको हो।
मन्त्री थापा २०७४ सालको निर्वाचनमा समानुपातिक कोटाबाट प्रदेश सांसद बनेका थिए। पथरी शनिश्चरे– ८ स्थायी घर भएका थापा लामो समय यसअघि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका स्वकीय सचिवको भूमिकामा थिए। उनका श्रीमती, एक छोरा र एक छोरी रहेका छन्।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस