• जीवनशैली | Jiwanshaili
  • दुर्लभ बन्यजन्तु सालकको खपेटा सहित दुई जना पक्राउ


    काठमाडौं महानगरपालिका–२६ गोंगबु चोकबाट १० केजी ५ सय ग्राम तौल भएको दुर्लभ वन्यजन्तु सालकको खपेटा सहित २ जनालाई मंगलबार  प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा रामेछाप दोरम्बा गाउँपालिका–७ थापागाँउ घर भएका ३८ वर्षीय प्रेम बहादुर बिक र खोटाङ अर्खल गाउँपालिका–९ घर भएका २१ वर्षीय अर्जुन मगर रहेका छन् ।

    उनीहरूले सालकको खपेटा बोकी हिँडिरहेको भन्ने बिशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उक्त तौलको सालकको खपेटा फेला पारी पक्राउ गरेको हो ।

    साथै प्रेम बहादुर बिक सवार बा.५८ प ८३३७ नम्बरको मोटरसाइकल र अर्जुन मगर सवार बा.प्र ०२–०२८ प ७६७२ नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस