पानी खाने करुवाले टाउकोमा प्रहार गरी श्रीमतीको हत्या
झापा, २४ कात्तिक
प्रहरीले हत्याको आरोपमा भारत घर भएका ३२ वर्षीय रघुनाथ मारुती गोरडलाई बिहीबार बिहान पक्राउ गरेको छ ।
रघुनाथले आफ्नै श्रीमती २६ वर्षीया सपना गोरडको हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बुद्धशान्ति गाउँपालिका–१ बुधबारे बजारस्थित सुन पसल सञ्चालन गरी बस्ने रघुनाथले सामान्य विवाद हुँदा पानी खानो करुवाले टाउकोमा प्रहार गर्दा सपनाको मृत्यु भएको थियो ।
उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बुधबारे र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस