बाजुरामा भूकम्पको धक्का
बाजुरा, २४ कात्तिक
सुदूरपश्चिम प्रदेशको बाजुरामा भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान बिहान ५ बजेर १३ मिनेटमा बाजुराको खप्तड छेडेदह गाउँपालिकाको काँडाबाट ३ किलोमिटर पश्चिम केन्द्रबिन्दू बनाएर भूकम्प गएको हो ।
भूकम्प ४.१ म्याग्निच्युडको रहेको केन्द्रले जनाएको छ ।
बुधबार र मंगलबार खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रबिन्दू बनाएर तीनवटा भूकम्प गएका थिए । बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको ६.६ म्याग्निच्युडको भूकम्पले डोटीको पूर्वीचौकी गाउँपालिका गैरागाउँमा घर भत्किँदा ६ जनाको मृत्यु भएको थियो । भूकम्पको धक्काले ८ वटा घर भत्किएका थिए ।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस