२० माघमा ‘मनसँग मन’ रिलिज हुने
काठमाडौं, २५ कात्तिक । सौरभ इन्टरटेन्मेन्ट र बलाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्म ‘मनसँग मन’को प्रदर्शन मिति तय गरिएको छ । भारतमा रिलिज भइसकेको यो चलचित्रले राम्रो प्रतिक्रिया पनि पाएको थियो ।
कैलाश राइको निर्देशनमा तयार भएको यो चलचित्रलाई अरुण तामाङले निर्माण गरेका हुन् । यो चलचित्रलाई माघ २० गतेबाट देशभर रिलिज गर्ने निर्माण पक्षले पक्का गरेको छ ।
यो चलचित्रमा नायक पुष्प खड्का, नायिका वर्षा सिवाकोटी, कलाकारहरु वुद्दि तामाङ, महेन्द्र बगदास, चाँदनी प्रधान, सन्ते दाको अभिनय छ । चलचित्रमा नायक पल शाह र नायिका पूजा शर्माको पनि विशेष भूमिका छ ।
चलचित्रमा अर्जुन पोखरेल र अगोम गुरुङको संगीत, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन, अर्जुन जीसीको सम्पादन छ । चलचित्रलाई लभ स्टोरी जनरामा निर्माण गरिएको छ । चलचित्रको २ वटा गीत पनि निर्माणपक्षले सार्वजनिक गरिसकेको छ ।
यो चलचित्रलाई भारतमा रुचाइएपछि फेरि मंसिर २५ गतेबाट दिल्ली, गुजरात, आसाम लगायतका शहरमा रिलिज गर्न लागिएको निर्माणपक्षले बताएको छ ।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस