थापाथली नजिक मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाण्डौको थापाथली नजिकै आज बिहान मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुने पैदलयात्रीमा बाराको बरियापुरका ४४ वर्षीय रामबाबु कुसुवा रहेका छन् । उनको उपचारको क्रममा महांकाल स्थित राष्ट्रिय ट्रमा सेन्टरमा बिहान सवा ६ बजे मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक बाग्लुङ घर भई भक्तपुर बस्ने ३० वर्षीय विज्ञान कँडेलको त्रिपुरेश्वर स्थित ब्लु क्रस अस्पतालमा उपचार भइरहेको छ ।
आज बिहान साढे ५ बजे कुसुवालाई ठक्कर दिएर त्रिपुरेश्वरबाट थापाथलीतर्फ जाँदै गरेको बागमति प्रदेश ०२ ०१९ प ३१९५ नम्बरको मोटरसाइकल पल्टिएको थियो ।
मोटरसाइकल नियन्त्रणमा रहेको प्रहरी वृत्त सिंहदरबारले जानकारी दिएको छ ।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस