डुबेर दुई जना बालिकाको मृत्यु
फाइल तस्बिर
धनुषा र बाग्लुङमा डुबेर दुई जनाको मृत्यु भएको छ ।
धनुषाको हंसपुर नगरपालिका–२ ठन्काहास्थित शिधबाबा इँटा उद्योगमा काम गरी बस्ने सर्लाही बलरा नगरपालिका–४ घर भएका किसुन महतोकी २ वर्षीया छोरी पिंकी कुमारी महतोको इँटा भट्टा नजिकै खाल्डोमा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ ।
खेल्ने क्रममा उक्त खाल्डोमा डुबेर अशक्त भएकी उनको स्थानीय मेडिकल तारापट्टीमामा उपचारको क्रममा मृत्यु भएको हो ।
वाग्लुङको तमानखोला गाउँपालिका–३ घर भई गल्कोट नगरपालिका–६ दरमखोलास्थित दरमखोला एग्रीकल्चर एण्ड रिभर साईडमा ज्याला गरी बस्ने सपना रोकाकी १८ महिने छोरी सोनिया रोकाको सोही ठाउँस्थित पोखरीमा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ ।
पोखरीमा डुबेर अशक्त भएकी उनको ईमर्जेन्सी पोलिक्लिनिक हटिया वाग्लुङमा उपचारको क्रममा मृत्यु भएको हो ।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस