• जीवनशैली | Jiwanshaili
  • आज यी तीन प्रदेशमा छ हल्का वर्षाको सम्भावना


    काठमाडौं, २८ कात्तिक

    जल तथा मौसम विज्ञान विभाग अन्तर्गगतको मौसम पूर्वानुमान महाशाखाले आज तीन वटा प्रदेशका केही स्थानमा हल्का वर्षा हुने जनाएको छ ।

    प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

    अहिले सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

    आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी  भू–भागमा आंशिक देखि सामान्य बदली रहने तथा बाँकी  भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली भू–भागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशहरुका हिमाली भू–भागका एक वा दूई स्थानमा हल्का हिमपातको संभावना पनि रहेको विज्ञप्तिमा उल्लेख छ।

    सोमबार राती देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी  भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।

    सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस