यौन दुर्व्यवहार गर्ने अस्ट्रेलियालीलाई १२९ वर्ष कैद सजाय
सिड्नी– मानव बेचबिखन र बलात्कारको आरोपमा फिलिपिन्समा आजीवन कारावासको सजाय पाएका एक अस्ट्रेलियाली व्यक्तिलाई १८ महिनाभन्दा कम उमेरका बालबालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा थप १२९ वर्षको जेल सजाय सुनाइएको अभियोजकहरूले बताएका छन्।
पिटर जेरार्ड स्कुली, उनकी फिलिपिनी प्रेमिका लेजिल मार्गालो र दुई सहयोगीहरूलाई बाल दुर्व्यवहार, बेचबिखन, बलात्कार र बाल पोर्नोग्राफी सिन्डिकेट गर्ने ६० वटा अपराधको अभियोग लगाइएको दक्षिणी शहर कागायन डे ओरोका अभियोजक मर्लिन बारोला–उयले बताए ।
मार्गालोलाई १२६ वर्षको जेल सजाय सुनाइएको छ भने उनका दुई सहयोगीलाई प्रत्येक नौ वर्षको जेल सुनाइएको थियो ।
क्याटेगोरी : ताजा अपडेट, समुदाय
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस