छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
भक्तपुरको भक्तपुर नगरपालिका–१ नगरकोट मोड नजिक बागमती प्रदेश ०२–०३१ प ७८६२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बा.४ ख ४२६८ नम्बरको पानी ट्याङ्करको पछाडी ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली बस्ने २६ वर्षीय साजन दुवारी छन् । उनको सोमबार राती मृत्यु भउको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनालाई सोही असपताल हुँदै थप उपचारको लागि शिक्षण अस्पताल महाराजगंज काठमाडौं पठाइएको छ । दुवै सवारी साधन र ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धादिङको थाक्रे गाउँपालिका–५ तामेस्थित सडकमा बा.२१ च ७४६१ नम्बरको डि.आई गाडी सोमबार दुर्घटना हुँदा गाडीमा सवार मकवानपुर थाहा नगरपालिका–१२ बस्ने ५० वर्षीय पलमान स्याङ्तानको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस