• जीवनशैली | Jiwanshaili
  • विश्व इतिहासमा आजः पाकिस्तानको पहिलो महिला प्रधानमन्त्रीदेखि युनेस्कोको स्थापना


    आज १६ नोभेम्बर । आज विश्व इतिहासमा केही राजनीतिक तथा सामाजिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटनाक्रमाः

    वेनेजिर भुट्टो पाकिस्तानको प्रधानमन्त्री

    सन् १९८८ मा वेनेजिर भुट्टो पाकिस्तानको प्रधानमन्त्री बनेकी थिइन् । मुस्लिम देशको पहिलो महिला प्रधानमन्त्री बनेकी भुट्टो १९८८ देखि १९९० सम्म शासन गरेकी थिइन् । उनी सन् १९९३ देखि १९९६ सम्म दोस्रो पटक पनि प्रधानमन्त्री बनेकी थिइन् ।

    ह्यारी पोटरमा आधारित चलचित्र

    सन् २००१ मा प्रसिद्ध पुस्तक ह्यारी पोटरमा आधारित चलचित्र निर्माण भएको थियो । ह्ँयारी पोटर उपन्यासका लेखक जे के रोलिङ हुन् ।

    इस्टोनियाद्वारा सार्वभौम सम्पन्न देश घोषणा

    सन् १९८८ मा तत्कालिन सोभियत युनियनबाट इस्टोनिया सार्वभौमसम्पन्न देश भएको घोषणा गरेको थियो । सिंगिङ क्रान्तिको एउटा अंशको रुपमा घोषित सो कानुनले सोभियत कानुनमाथि प्रभुत्व जमाएको थियो । हरेक १६ नोभेम्बरलाई इस्टोनियाले सार्वभौमसत्ता घोषणा वर्षको रूपमा मनाउँछ ।

    युनेस्कोको स्थापना

    सन् १९४५ मा राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (यूनेस्को) राष्ट्रसंघको एउटा अभिन्न अंगको रुपमा स्थापना गरिएको थियो । युनेस्कोले शिक्षा, वैज्ञानिक सहकार्य र सांस्कृतिक आदानप्रदानमार्फत विश्वमा शान्ति र भलाइका लागि काम गर्छ । पेरिस मुख्यालय रहेको युनेस्कोका १९५ देश सदस्य छन् ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस