• जीवनशैली | Jiwanshaili
  • जापानमा शक्तिशाली भूकम्प


    एजेन्सी
    टोकियो, ३० कात्तिक

    जापानमा शक्तिशाली भूकम्प गएको छ । सोमबार मध्य जापानमा ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पपछि टोकियोलगायतका सहरमा धक्का महसुस गरिएको थियो । भूकम्पपछि सुनामीको चेतावनी भने जारी गरिएको  छैन् ।

    भूकम्प सोमबार साँझ मध्य मिई प्रिफेक्चरको करिब ३५० किलोमिटर (२१७ माइल) गहिराइमा गएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ । सार्वजनिक प्रसारक एनएचकेका अनुसार भूकम्पबाट फुकुशिमा आणविक संयन्त्रहरूमा कुनै क्षति रिपोर्ट गरिएको छैन । अमेरिकी भूगर्भ सर्वेक्षणले पनि ६.१ रेक्टर स्केलको भूकम्प मापन गरेको छ ।

    भूकम्पको केन्द्रबिन्दुबाट सयौं किलोमिटर टाढा रहेको उत्तरी टोकियोको फुकुशिमा र इबाराकी प्रान्तहरूमा धक्का महसुस गरिएको थियो ।


    क्याटेगोरी : डायाेस्परा, ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस