यस्ताे छ आजकाे तरकारी र फलफूलको मूल्य
काठमाडौ, ३० कात्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३९० रुपैयाँ रहेकाे जनाएकाे छ ।
हरियो अंगुर २९० रुपैयाँ, अदुवा ५५ रुपैयाँ, नेपाली ठूलो गोलभेडा ५५ रुपैयाँ, अनार ३९० रुपैयाँ, अमला ५६ रुपैयाँ ६७ पैसा, एभोकाडो २२५ रुपैयाँ, रातो आलु ५६ रुपैयाँ, रातो भारतीय आलु ३५ रुपैयाँ, सेतो आलु ४१ रुपैयाँ २० पैसा, भिण्डी ८६ रुपैयाँ, स्थानीय काउली ३५ रुपैयाँ, कागती १३० रुपैयाँ, किवि २२५ रुपैयाँ, अकबरे खुर्सानी १७० रुपैयाँमा किनबेच भइरहेको समितिले जनाएकाे छ ।
लोकल गाजरको औसत मूल्य प्रतिकेजी ११७ रुपैयाँ ५० पैसा, गान्टे मूला ८५ रुपैयाँ, गुन्दुक ३२५ रुपैयाँ, टनेल गोलभेडा ३५ रुपैयाँ, राजमा घिउ सिमी १२६ रुपैयाँ ६७ पैसा, घिरौँला ६५ रुपैयाँ ६७ पैसा, चम्सूरको साग १७५ रुपैयाँ, कन्य च्याउ १४० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, तितो करेला ७५ रुपैयाँ, तोरीको साग ५५ रुपैया, निबुवा ४५ रुपैयाँ, परवर ३७ रुपैयाँ ५० पैसा, पालूगो साग १७५ रुपैयाँ, भारतीय सुकेको प्याज ५१ रुपैयाँ २० पैसा र हरियो धनिया ९० रुपैयाँ रहेको छ ।
क्याटेगोरी : ताजा अपडेट, बजार शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस