• जीवनशैली | Jiwanshaili
  • छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु


    काठमाडौं, ३० कात्तिक

    देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

    झापाको कन्काई नगरपालिका–७ दुर्गापुरस्थित सडकमा को.१ ख ६७९४ नम्बरको बसले मे.७ प ५०९२ नम्बरको मोटरसाइकललाई मंगलबार ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका–६ बस्ने ५२ वर्षीय नरेन्द्र मैनाली र मोटरसाइकलमा सवार उनकी श्रीमती ५० वर्षीया सीता देबी मैनाली छन् ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।  बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको   छ ।

    महोत्तरीको बर्दिबास नगरपालिका–१२ अकनटोलस्थित सडकमा ना.८ ख ५३३५ नम्बरको टिपरले ज.१२ प ३००६ नम्बरको मोटरसाइकललाई मंगलबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा मोटरसाइकल चालक धनुषा मिथिला नगरपालिका–८ बस्ने २१ वर्षीय बिजय कुमार महतो कोईरी छन् ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको जनसेवा हस्पिटल बर्दीवासमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको काव्या अस्पताल जनकपुरमा उपचार भइरहेको छ । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

    नवलपरासी(पश्चिम)को रामग्राम नगरपालिका–१० मंझरियास्थित सडकमा हाल नम्बर नखुलेको ट्रयाक्टरले लु.८३ प ३०८२ नम्बरको मोटरसाइकललाई मंगलबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा मोटरसाइकल चालक पाल्पा तिनाउ गाउँपालिका–६ घर भएका ३७ वर्षीय सर बहादुर चिदी छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासी हुँदै भैरहवामा थप उपचारको क्रममा मृत्यु भएको हो ।

    दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार दुई  जनालाई मेडिकल कलेज भैरहवा लगिएकोमा एक जना उपचार पश्चात डिस्चार्ज भएका छन् । हाल फरार  ट्रयाक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।


    क्याटेगोरी : ताजा अपडेट, समुदाय

    प्रतिक्रिया दिनुहोस