करेन्ट लागेर जुम्लामा एक मृत्यु, एक घाइते
जुम्लामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । तातोपानी गाउँपालिका-५ श्रीनगर गाउँस्थित करेन्ट लागेर एक जना मुत्यु भएको हो । मुत्यु हुनेमा १७ वर्षीय राजेश रावत रहेका छन् । सोही वाडाका २३ वर्षका शंखु चौलागाईं घाइते भएका छन् ।
राउतलाई पोल गाड्ने क्रममा विजुलीको तारले छोएपछि करेन्ट लागेर मृत्यु भएको विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलले बताए । खवर नगरी पोड गाड्ने काम गर्दा करेन्ट लागेको बताइएको छ ।
त्यस्तै घाइते चौलागाईं कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । प्रहरीका अनुसार मृतकको शव पनि अस्पतालमा पोष्टमार्टम पछि आफन्तलाई जिम्मा लगाएको छ ।
त्यस्तै तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले वडाको योजना अनुसार सडक उज्यालो विजुली सौर्य ऊर्जाको पोल गाड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको बताए ।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस