विश्व इतिहासमा आज कहाँ के भयो ?
आज १९ नोभेम्बर । प्रस्तुत छ विश्व इतिहासमा भएका केही घटनाः
इजिप्टका राष्ट्रपति अनवर सादतको इजरायल भ्रमण
सन् १९७७ मा इजिप्टका राष्ट्रपति अनवार सादतले इजरायको भ्रमण गरेका थिए । इजरायको भ्रमण गरेर इजरायली संसद केन्ससेटमा सम्बोधन गर्ने सदत अरब राज्यका पहिलो सरकार प्रमुख हुन् । इजरायल र अरब देशका सरकारहरुको विरोधबीच उनले भ्रमण गरेका थिए । अरब इजरायल द्वन्द्व अन्त्य गरेको भन्दै सन् १९७८ मा सदत र इजरायलका प्रधानमन्त्रीलाई नोबेल पुरस्कार वितरण गरिएको थियो ।
चन्द्रमामा दोस्रो पटक अवतरण
सन् १९६९ मा एपोलो १२ चन्द्रमामा अवतरण गर्ने दोस्रो अन्तरिक्ष यान बनेको थियो । नासाको एपोलो कार्यक्रम अन्तर्गत सो यान चन्द्रमामा पुगेको थियो ।
पेलेको १००औँ गोल
ब्राजिलका फुटबलर पेलेले सन् १९६९ मा १००० औं गोल गरेका थिए । २० औं शताब्दीका महान खेलाडी पेलेले रियो दि जेनेरियामा भएको माराकान रंगशालमा भएको एउटा व्यवसायिक फुटबल खेलमा गोल हानेका थिए ।
इन्दिरा गान्धीको जन्म
आजकै दिन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको जन्म भएको थियो । सन् १९१७ को १९ नोभेम्बरमा प्रयागराजमा जन्मिएकी गान्धीको ६६ वर्षको उमेरमा सन् १९८४ को ३१ अक्टोबरमा मृत्यु भएको थियो ।
क्याटेगोरी : डायाेस्परा, ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस