• जीवनशैली | Jiwanshaili
  • गोठमा आगलागी हुँदा दुई लाखको क्षति


    धनगढी, ३ मंसिर
    कैलालीको घोडाघोडी नगरपालिकामा गोठमा आगलागी हुँदा दुई लाख बराबरको क्षति भएको छ ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घोडाघोडी नगरपालिका–४ बालकृष्ण भण्डारी दुई तले कच्ची गोठमा आगलागी हुँदा गोठभित्र राखिएको काठ र भाँडा वर्तन जलेर नष्ट भएको हो ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार नजिकै रहेको परालमा लागेको आगो गोठमा सल्किएको हो । गोठ खरले छाएको हुँदा आगो नियन्त्रण गर्न समय लागेको थियो ।

    घोडाघोडी नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको जोशीले बताए ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस