• जीवनशैली | Jiwanshaili
  • बाजुरामा अनेरास्ववियुका नेता अयडीको हत्या


    बाजुरामा अनेरास्ववियुका नेताको हत्या भएको छ । प्रहरीका अनुसार आइतबार मतदानका क्रममा भएको विवादलाई लिएर राति घरमा आक्रमण गरेर त्रिवेणी नगरपालिका–७ का चेतन अयडीको हत्या गरिएको हो ।

     

    कुटपिटबाट गम्भीर घाइते भएका अयडीको उपचारका क्रममा बयलपाटा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

     

    दिउँसो वडा नम्बर ७ को नाटेश्वरी मतदान केन्द्रमा भएको विवादको विषयलाई लिएर अयडीमाथि आक्रमण गरिएको बताइएको छ । अयडी नेकपा एमाले सम्बद्ध अनेरास्ववियुका सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष हुन् ।

     

    अयडीको पारिवारिक स्रोतका उनुसार उनको घरबाट झिकेर विभत्स ढङ्गबाट हत्या गरिएको छ ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस