आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदै छ किनबेच ?
काठमाडौं, ६ मंसिर । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार पनि सुनको मूल्य घटेकाे जनाएकाे छ । महासंघका अनुसार सुनकाे मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो।
सोमबार प्रतितोला ६०० रुपैयाँले घटेको सुनको मूल्य मंगलबार छापावाला सुन प्रतितोला ९७ हजार २०० रुपैयाँ र तेजाबी सुन ९६ हजार ७०० रुपैयाँ कायम भएको छ।
यसैगरी, सोमबार छापावाला सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९७ हजार रुपैयाँमा कारोबार भएको थियो।
मंगलबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार २८० रुपैयाँ कायम भएको छ। सोमबार तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार २६५ रुपैयाँमा किनबेच भएको थियो।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस