विश्व इतिहासमा आज
आज २३ नोभेम्बर । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः
फिलिपिन्सको नरसंहार
सन् २००९ मा फिलिपिन्सको इतिहासमै डरलाग्दो नरसंहार भएको थियो । २३ नोभेम्बरमा दक्षिणी फिलिपिन्समा
मतदाता नामावलीमा नाम दर्ता गर्न गएका ३४ पत्रकारसहित ५७ जनालाई बन्दुकधारीहरुको एउटा समूहले गोली चलाएर पुरेका थिए ।
लाइवेरियाले पहिलो महिला राष्ट्रपति
सन् २००५ मा लाईवेरियाले पहिलो महिला राष्ट्रपति पाएको थियो । एलेन जोनसन सिरलिफ २३ नोभेम्बरमा लाईवेरियाको राष्ट्रपति बनेकी थिइन । उनलाई सन् २०११ मा नोबेल शान्ति पुरस्कार दिइएको थियो ।
१०० मिटर उचाईबाट समुद्रमा हाम फाल्ने व्यक्ति
सन् १९७६ मा श्वासप्रश्वासको उपकरणविना फ्रान्सेली पुरुष ज्याक्स मेयोल १०० मिटरको उचाईबाट समुद्रमा हाम फालेका थिए । हाम फाल्दा उनी ४९ वर्षका थिए । उनले यसअघि १०५ मिटर उचाईबाट समुद्रमा हाम फालेको आफ्नै रेकर्ड तोडेका थिए ।
स्वीडेनमा मृत्युदण्ड पाउने अन्तिम व्यक्ति
सन् १९१० मा स्वीडेनका जोहन अल्फ्रेड एन्डरलाई मृत्युदण्ड दिइएको थियो । एक जनाको हत्या अभियोग लागेका एन्डर मृत्युदण्ड पाउने स्वीडेनका अन्तिम नागरिक हुन् । सन् १९२१ मा स्वीडेनले मृत्युदण्डको व्यवस्था अन्त्य गरेको थियो ।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस