आज विश्व इतिहासमा कस्ता महत्वपूर्ण घटना भए ?
आज २४ नोभेम्बर । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः
ढाकाको कपडा उद्योगमा आगलागी
सन् २०१२ मा बंगलादेशको राजधानी ढाकामा भीषण आगलागी हुँदा ठूलो जनधनको क्षति भएको थियो । एउटा कपडा कारखानामा लागेको आगलागीमा ११० जनाको मृत्यु हुनुको साथै २०० जना घाइते भएका थिए । सो घटनापछि बंगलादेशको कपडा उद्योगमा काम गर्ने कर्मचारीको दयनीय अवस्था झल्किएको थियो । कारखानामा विद्युत सर्ट भएर आगो लागेको थियो ।
रहस्यमय विमान अपहरण
सन् १९७१ मा अमेरिकी इतिहासमै एउटा रहस्यमय विमान अपहरण भएको थियो । डीबी कुपर नाम गरेका एक व्यक्तिले अमेरिकाको सियाटलबाट वासिंगटनका लागि उडेको विमान अपहरण गरेका थिए । यात्रुहरुलाई सियाटल विमानस्थलमा झारेपछि अपहरणकारीले दुई लाख डलर रकम मागेर विमान चालकलाई मेक्सिकोतर्फ उडाउन लगाएका थिए । उनी आकाशबाटै प्यारासुटबाट हाम फालेर गायव भएका थिए । उनको बारेमा अहिलेसम्म केही पत्तो लागेको छैन् ।
केनेडीका आक्रमणकारीको गोली हानी हत्या
अमेरिकाका ३५औं राष्ट्रपति जोन अफ केनेडीका हत्यारा ली हार्भे ओसवाल्डको सन् १९६३ को २४ नोभम्बरमा हत्या भएको थियो । अनुसन्धानका लागि प्रहरीको एउटा गाडीमा लैजाने क्रममा ज्याक रुबे नाम गरेका एक व्यक्तिले उनको गोली हानेर हत्या गरेका थिए । उनको हत्याको समाचार टेलिभिजनमा लाईभ प्रसारण गरिएको थियो ।
ओरिजिन अफ स्पाइसेज प्रकाशन
सन् १८५९ मा चाल्र्स डार्विनको पुस्तक ओरिजिन अफ स्पाइसेज प्रकाशित भएको थियो । सदावहार लोकप्रिय सो पुस्तकले विकासको सिद्धान्त र प्राकृतिक छनौटको प्रकृयालाई व्याख्या गरेको छ ।
क्याटेगोरी : डायाेस्परा, ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस