चीनमा कोभिड बढेको बढ्यै, सरकार फेरि फर्कियो लकडाउन र सामूहिक परीक्षणमा
एजेन्सी
बेइजिङ, ८ मंसिर
चीनको दैनिक कोभिड संक्रमण पुनः बढेको छ । कोभिड नियन्त्रण गर्न सरकार फेरि लकडाउन, सामूहिक परीक्षण र यात्रा प्रतिबन्धमा फर्किएको छ । राष्ट्रिय स्वास्थ्य व्युरोका अनुसार बुधबार एकै दिनमा चीनमा ३१ हजार ४४५ जनामा संक्रमण देखिएको छ । तीमध्ये २७ हजार ५१७ जनामा लक्षण देखिएको छैन् । चीनको १दमलब ४ बिलियन जनसंख्याको तुलनामा यो संख्या खासै ठूलो होइन । तर, पछिल्ला दिनमा संक्रमण बढेपछि मानिसहरूका दैनिक गतिविधि प्रभावित भएका छन् ।
तर बेइजिङको कडा शून्य–कोभिड नीतिअन्तर्गत सानो प्रकोपले पनि सम्पूर्ण शहरहरू बन्द गर्न सक्ने र संक्रमित बिरामीलाई क्वारेन्टाइनमा राखिन्छ जसका कारण सर्वसाधारण ठूलो सास्ती भोग्न बाध्य छन् ।
अथक नीतिले महामारीको तेस्रो वर्ष नजिकिँदै जाँदा जनसंख्यामा असन्तुष्टि बढेको छ र विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देशमा उत्पादकत्वमा असर पारेको छ ।
क्याटेगोरी : डायाेस्परा, ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस