चोरीको मोटरसाइलसहित तीन जना पक्राउ
जिल्ला प्रहरी कार्यालय उदयपुरले चोरीको मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका.६ जलजले बजारका कुमार कार्कीको घर बाहिर पार्कीङ गरी राखेको मोटरसाइकल चोरी गर्दै गर्दा उनीहरू पक्राउ परेका हुन् ।
चोरीको मोटरसाइकल डोर्याउँदै लैजान लागेको अवस्थामा इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरी टोलीले रामेछाप मन्थली नगरपालिका.१ का २७ वर्षीय बिक्रान्त थापा मगरलाई पक्राउ गरेको हो ।
प्र ३–०२–००१ प २०७५ नम्बरको मोटरसाइकलसहित थापा मगरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । थापालाई सोधपुछ गर्ने क्रममा सो मोटरसाइकल चोरीको रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका.१ का २७ वर्षीय थापा मगर, ललितपुर गोदाबारी नगरपालिका.३ का २७ वर्षीय सुमन बिष्ट र त्रियुगा नगरपालिका.१६ का ३१ वर्षीय बिर्ख तामाङ रहेका छन् ।
चोरी घट्नामा संलग्न रहेका बिष्ट र तामाङलाई प्रहरी चौकी सुकौराबाट खटिएको प्रहरी टोलीले सुकौरा बजारमा लुकिछिपी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई अनुसन्धान गर्ने क्रममा चोरीको मोटरसाइकल ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका.९ आरुबोटका कृष्णबहादुर घलेको रहेको खुलेको छ ।
चोरीको मोटरसाइकल र नियन्त्रण लिइएका मानिससमेतलाई घट्नास्थल प्रहरी वृत्त सातदोबाटो ललितपुर भएकोले आवश्यक कारबाहीका लागी प्रहरी वृत्त सातदोबाटो ललितपुर पठाइएको छ ।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस