• जीवनशैली | Jiwanshaili
  • कुटपिटबाट श्रीमतीकाे हत्या


    काठमाडौं, १२ मंसिर । कुटपिटबाट हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गुलरिया नगरपालिका–१५ बस्ने २७ वर्षीय बोधराज बस्नेत रहेका छन् ।

    बस्नेतले २६ वर्षीय श्रीमती नानकला बस्नेतको कुटपिट गरी हत्या गरेका हुन् । बस्नेतलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    गम्भीर घाइते भएकी नानकलाको उपचारको लागि बर्दिया अस्पताल गुलरियातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस