थाहा पाउनुहोस् आजको मौसम
काठमाडौं, १५ मंसिर
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । हाल कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका अन्य पहाडी भूभागमा आंशिक बदली रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ र गण्डकी लगायत देशका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
राति सुदूरपश्चिम र प्रदेश १ का पहाडी भूभागका थोरै स्थानमा आंशिक बदलीको आकलन छ ।
शुक्रबार सुदूरपश्चिम र कर्णाली लगायत देशका पहाडी भूभागमा आंशिक बदलीको प्रक्षेपण महाशाखाले गरेको छ ।
पछिल्लो समय तराईमा हुस्सुरकुहिरो लाग्न थालेको छ । मुलुकभर तापक्रम क्रमिक रूपमा घट्दै गएकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस