अछाममा तरुल कोर्न गएका एक बालकको मृत्यु
अछाममा तरुल कोर्ने क्रममा ढुंगाले च्यापियर एक बालकको मृत्यु भएको छ ।
मंगलसेन नगरपालिका वडा नम्बर ११ खिमाडाका पुरन भुलका माइला छोरा १४ वर्षीय गौतम भुलको खिमाडाको पडानी भन्ने ठाउँमा तरुल कोर्ने क्रममा ढुंगाले च्यापियर घटना स्थलमै मृत्यु भएको हो ।
आज दिउँसो दुई भाइसँगै तरुल कोर्न गएका र दाइको ठूलो ढुंगामा च्यापियर मृत्यु भएको प्रहरीले जनाएको छ । खान्छा भाइले खबर गर्दा गाउँमा थाहा भएको वडा अध्यक्ष नर बहादुर भण्डारीले बताए ।
मृतक बालक मंगला नेपाल राष्ट्रिय माद्यामिक विद्यालय ओलिगाउँमा कक्षा ५ मा अध्यानरत थिए ।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस