• जीवनशैली | Jiwanshaili
  • कटुवा पेस्तोलसहित दुई जना पक्राउ


    सिरहामा कटुवा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । सिरहाको गोलबजार नगरपालिका-११ बलकवा मैनाबती पुलबाट बुधबार राति बाह्रबोरको कटुवा पेस्तोलसहित दुई जना पक्राउ परेका प्रहरीले जनाएको छ ।

    पक्राउ पर्नेहरूमा गोलबजार नगरपालिका-४ का १९ वर्षीय कृष्णाकुमार यादव र सोही नगरपालिका-११ बलकवाका २१ वर्षीय मोहम्मद अरमान खान रहेका छन् ।

    इलाका  प्रहरी कार्यालय गोलबजारबाट खटिएको टाेलीले उनीहरूलाई कटुवा पेस्तोल पक्राउ गरेको जनाएको छ ।  यस सम्बन्धमा थप  आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस