चेतना साउद मृत्यु प्रकरण : प्रशासन निषेधाज्ञा लगाउने, विद्यार्थी र स्थानीय प्रदर्शन गर्ने
धनगढी, १६ मंसिर । एक किशोरीको मृत्युको विषयलाई लिएर शुक्रबार पनि धनगढी तनावग्रस्त बनेको छ ।
बिहीबार बिहान धनगढी–५ स्थित पिपलचौतारा नजिकै ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिँदा १५ वर्षीया चेतना साउदको मृत्यु भएको घटनालाई लिएर स्थानीय र विद्यार्थी शुक्रबार बिहानैबाट प्रदर्शनमा उत्रिएका छन् ।
सााइकलमा विद्यालय गइरहेकी उनको घटनास्थलमै मृत्यु भएपछि बिहीबारदेखि नै विद्यार्थी र स्थानीय प्रदर्शनमा उत्रिएका थिए ।
स्थानीय प्रशासनले धनगढीमा निषेधाज्ञा जारी गरे पनि स्थानीय र विद्यार्थीले प्रदर्शनलाई जारी राखेका हुन् ।
मृतक चेतनालाई न्याय दिनुपर्ने माग राख्दै निषेधाज्ञालाई बेवास्ता गरेर आन्दोलनमा उत्रिएका उनीहरुले दोषीलाई कारबाही गर्नुपर्ने र पीडित परिवारलाई क्षतिपूर्तिको दिनुपर्ने माग राखेका छन् ।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस