• जीवनशैली | Jiwanshaili
  • महोत्तरीमा एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते


    महोत्तरीमा एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । जिल्लाको मनराशिस्वा नगरपालिका – ३ मा  आइतबार राति एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते भएका प्रहरीले जनाएको छ ।

    जनकपुरबाट पर्सातर्फ जाँदै गरेको अस्थायी नम्बर प्लेटको एम्बुलेन्स पल्टिएको थियो । हाल घाइतेहरूको जानकी एकेडेमी अस्पतालमा उपचार भइरहेको छ ।

    घाइतेमध्ये महोत्तरीकै रामगोपालपुर ९ की २४ वर्षीया विनीता देवीको अवस्था गम्भीर रहेको महोत्तरी प्रहरीले जनाएको छ ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस