बैंकिङ कसुरकाे आराेपमा एक जना पक्राउ
काठमाडौं, १९ मंसिर । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी १४ का ४४ वर्षीय चानषबहादुर गिरीलाई आइतबार काठमाडौंस्थित सुकेधाराबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
५ लाख ५० हजार रुपैयाँ बिगो रहेको बैंकिङ कसुरमा गत साउन २६ गते पाटन उच्च अदालतबाट अनुमति लिई प्रहरीले खोजिरहेकोमा आइतबार दिउँसो पक्राउ गरेको हो । पक्राउ परेलगत्तै आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध पठाइएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस