• जीवनशैली | Jiwanshaili
  • सवारी दुर्घटनामा जर्मन नागरिकको मृत्यु


    सवारी दुर्घटनामा परी एक जना जर्मन नागरिकको मृत्यु भएको छ । चितवनको इच्छाकामना गाउँपालिका-३ फिल्सिङमा बिहीबार पिकअप गाडी र मोटरसाइकल ठोक्किँदा ६० वर्षीय जर्मन नागरिक मिचेल मेयर ओलवर्षलेबेनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अर्का एक विदेशी नागरिकसहित दुई जना घाइते भएका छन् ।

    नारायणगढबाट काठमाडौं आउँदै गरेको  ना ४१प ५४८ नम्बरको मोटरसाइकल र धादिङबाट मुग्लिनतर्फ जादै गरेको बागमती प्रदेश ०३–००१च१६८२  नम्बरको पिकअप गाडी ठोक्किएका थिए । मोटरसाइकलमा सवार एक विदेशी नागरिक र पिकअपमा सवार एक जना घाइते भएका छन् ।

    मोटरसाइकल चालक जर्मनी नागरिकको मृत्यु भएको हो भने पछाडि सवार विदेशी महिला घाइते भएकी हुन् ।  घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस