बेलायतको आवासीय क्षेत्रमा विस्फोट, १ जनाको मृत्यु
जर्सीको राजधानी सेन्ट हेलियरमा रहेको फ्ल्याटको ब्लकमा भएको ‘विनाशकारी’ विस्फोटमा एक व्यक्तिको मृत्यु भएको छ र अन्य धेरै बेपत्ता भएका प्रहरीले भनेको छ । आगो निभाइएको तर आपतकालीन सेवाहरूले अझै पनि ‘महत्वपूर्ण काम’ गरिरहेका प्राप्त विवरणहरूमा जनाइएको छ । प्रहरीका अनुसार घटनास्थलमा एम्बुलेन्सको लाइन लागेको छ।
विहान ४ बजे विष्फोट हुनुअघि बासिन्दाहरूले ग्यासको गन्ध आएको रिपोर्ट गरेपछि अग्नि नियन्त्रकको टोली परिचालन गरिएको जर्सीका प्रहरी प्रमुख रोबिन स्मिथले पत्रकारहरूलाई बताए । उनले भने, ‘तीन तले भवन छ जुन पूर्ण रूपमा भत्किएको छ । त्यहाँ नजिकैको भवनमा पनि क्षति पुगेको छ, । अर्काे ब्लकमा फायर सर्भिसले सुरक्षित बनाउन आवश्यक छ । ’
सामाजिक सञ्जालमा खिचिएका तस्बिरहरूले सेन्ट हेलियरको आगोको माथिबाट बिहानको समयमा बाक्लो धुवाँ निस्किरहेको देखाएको थियो । करिब एक दर्जन व्यक्तिहरू हराइरहेका स्मिथले बताए ।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस