• जीवनशैली | Jiwanshaili
  • यी प्रदेशमा बदलीको सम्भावना


    काठमाडौं, २७ मंसिर
    हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन ।  प्रदेश १, मधेश, बागमती र लुम्बिनीमा आंशिक बदली रहेको छ ।

    दिउँसो प्रदेश १, मधेश र गण्डकीमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

    राति प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा आंशिक बदलीको सम्भावना छ ।

    बुधबार प्रदेश १, मधेश र बागमतीमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आकलन गरिएको छ ।

    तराईका केही भूभागमा बिहानीपख हुस्सु लाग्न थालेको छ । देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै गएको छ । चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस