• जीवनशैली | Jiwanshaili
  • पहाडमा बदली, तराईमा हुस्सु


    काठमाडौं, २८ मंंसिर
    हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । प्रदेश १ लगायतका पहाडी भूभागमा आंशिक बदली छ भने तराईका केही क्षेत्रमा हुस्सु लागेको छ ।

    दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

    राति प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ ।

    बिहीबार प्रदेश १, मधेश र बागमतीमा आंशिक बदलीको आकलन महाशाखाको छ ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस