• जीवनशैली | Jiwanshaili
  • प्रदेश १, मधेश र बागमतीमा आंशिक बदलीको सम्भावना


    काठमाडौं, २९ मंसिर
    हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । पहाडी भूभागमा आंशिक बदली छ ।

    दिउँसो प्रदेश १, मधेश र बागमतीमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

    राति प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ । शुक्रबार पहाडी भूभागमा आंशिक बदली हुने देखिएको छ ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस