विश्व इतिहासमा आज
आज सन् २०२२ को १७ डिसेम्बर । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्व
इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः
सरकारको विरोधमा ट्युनिसियाका नागरिकको आत्मदाह
सन् २०१० मा देशको आर्थिक अवस्थाको बिरोध गर्दै ट्युनिसियाका सडक व्यापारी मोहमद बोउजिजिले आगो लगाएर आत्मदाह गरेका थिए । शरिरमा आगो लगाएको १८ दिनपछि २६ वर्षीय मोहमदको मृत्यु भएको थियो । उनको विरोध र मृत्यु ट्युनिसिया क्रान्तिका लागि एउटा उत्प्रेरक बनेको थियो । उनको मृत्युपछि अरब मुलुकमा त्यस्तै प्रकृतिका मृत्यु र विरोध प्रदर्शन भएका थिए ।
अरब क्रन्तिको सुरु
सन् २०१० मा अरब देशहरुमा क्रान्ति सुरु भएको थियो । १६ डिसेम्बरमा ट्युनिसियाका एक व्यापारीले सरकारको विरोधमा आत्मदाह गरेपछि ट्युनिसियाको आगोको झिल्को सम्पूर्ण अरब देशहरुमा फैलिएको थियो । क्रान्तिको असर पनि ट्युनिसायबाटै भएको थियो । ट्युनिसियाका तत्कालिन राष्टपति जिने इल अबिदिने बेन अलीले राजीनामा दिएसँगै फैलिएको अरब आन्दोलनले त्यस क्षेत्रका विभिन्न देशमा असर गरेको थियो ।
एनिमियटेड शृंखला दि सिम्पसनको प्रसारण सुरु
अमेरिकाको लोकप्रिय एनिमियटेड शृंखला दि सिम्पसनको आजकै दिनबाट टेलिभिजनमा प्रसारण सुरु भएको थियो । म्या ग्रोइनिङले निर्देशन गरेको सो शृंखलामामा सिम्पसनको परिवारको जीवनबारे चित्रण गरिएको थियो ।
राइट ब्रोदर्सको जहाज पहिलो पटक उडेको दिन
अमेरिकीका दाजुभाई ओरभिल र विलबर राइटले आविश्कार गरेको जहाजको आजकै दिन अर्थात सन् १९०३ को १७ डिसेम्बरमा पहिलो उडान भरेको थियो ।
युगोस्लाभियाद्वारा भ्याटिकनसँगको सम्बन्ध बिच्छेद भएको घोषणा
सन् १९५२ मा युगोस्लाभियाले एकतर्फी रुपमा भ्याटिकनसँगको सम्बन्ध बिच्छेद भएको घोषणा गरेको थियो ।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस