दोलखामा भिरबाट लडेर एक पुरुष बेपत्ता
दोलखाको बिगु गाउँपालिकामा भिरबाट लडेर एक पुरुष बेपत्ता भएका छन् । बिगु गाउँपालिका–१ लामाबगरमा सडक निर्माणमा खटिएका पुरुष भिरबाट लडेर बेपत्ता भएका हुन् ।
कैलालीको घोडाघोडी नगरपालिका–५ का ३९ वर्षीय दिलबहादुर घर्ती बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रवक्ता राजेश सिग्देलले बताए । घर्ती लामाबगरबाट लप्चीतर्फ जाने सडक निर्माणको काममा खटिएका थिए ।
दुगड हाइड्रोले निर्माण गरिरहेको लामाबगर लप्ची सडकखण्डमा कार्यरत उनी सोमबार बिहान अन्दाजी ११ बजेतिर भिरबाट खसेको प्रहरीले जनाएको छ । उनको खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ ।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस