खोटाङमा आगलागीबाट पाँच घर जलेर नष्ट
खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा आगलागी हुँदा पाँच घर नष्ट भएका छन् ।
सोमबार साँझ लागेको आगोले बाक्सिला बजारका व्यवसायी दीपक गुरुङ, रमेश परियार, डिल्लीकुमार श्रेष्ठ र शुभराज राईको घर जलेको हो । बजारका अन्य घरमा आगो फैलिन नदिन स्थानीय अकबर राईको घर जेसिभि र स्काभेटर लगाएर भत्काइएको केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राईले बताए । गुरुङको घरबाट सुरु भएको आगोले व्यपार व्यवसाय सञ्चालन हुँदैआएको घरहरु जलेका हुन् । बाक्सिला बजार गाउँपालिकाको केन्द्र हो ।
साँझ पौने छ बजेतिर सुरु भएको आगोलाई स्थानीय र ईलाका प्रहरी कार्यालय बाक्सिलाका प्रहरीले ढुंगामाटो र पानी हालेर राती ७.२० बजेतिर नियन्त्रणमा लिएका छन् ।
आगलागीको जानकारी आए लगत्तै जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङको टोली पछि घटनास्थलतर्फ गएको छ । आगलागीको कारण खुल्न सकेको छैन । क्षतीको विवरण पनि आउन बाँकी रहेको डिएसपी मुकारुङले बताए ।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस