• जीवनशैली | Jiwanshaili
  • सिरहाबाट अवैध गाँजासहित दुई जना पक्राउ


    सिरहाको गोलबजार नगरपालिका- १ गोला मुक्सार चोकबाट अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । ८ किलो ८ सय ग्राम अवैध गाँजासहित मंगलबार दिउँसो उनीहरू पक्राउ परेका हुन् ।

    पक्राउ पर्नेहरूमा सिरहा गोलबजार नगरपालिका-१ का ३९  वर्षीय सुदिप कुमार राई र धनुषा गणेशमान चारनाथका १८ वर्षीय किशोर रहेका प्रहरीले जनाएको छ ।

    अटो रिक्साको पछाडि भागमा लुकाई राखेको उक्त गाँजासहित फेला पारी अटो चालक किशोर र अटोमा सवार सुदिपलाई पक्राउ गरेको प्रहरीले बताएको छ । यसबारे थप अनुसन्धान गरिरहेको जनाएको प्रहरीले पनि प्रहरीले जनाएको छ ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस