एएफसी यु-२०: कतारसँग नेपाल पराजित
एएफसी यु-२० एसियन कप छनोटको समूह बीअन्तर्गत सोमबार राति सम्पन्न खेलमा नेपाल कतारसँग ३–१ गोलको नतिजामा पराजित भएको छ । बहाराइनमा भएको खेलको ३०औं मिनेटमा मोहमद मन्सुर अलीले गोल गर्दै कतारलाई अग्रता दिलाएका थिए । यस्तै, पहिलो हाफको इन्जुरी समयमा फ्रि–किकमार्फत गोल गर्दै मोहमद सुरागले कतारको अग्रता दोब्बर पारेका थिए । दोस्रो हाफमा सम्हालिने प्रयास गरेको नेपालले ६०औं मिनेटमा पुनः गोल खायो ।
बलियो देखिएको एसियाली पावरहाउस कतारका लागि जासिमल मोहमदले तेस्रो गोल गरेका थिए । त्यसको १७ मिनेटपछि कतारकै डिफेन्डरले दिएको पासमा गोलकिपर अमिर हसनले गल्ती गर्दा नेपालले आत्मघाति गोल उपहार पायो ।
पराजयसँगै नेपालको अर्को वर्ष उज्वेकिस्तानमा हुने प्रतियोगितामा छनोट हुने सम्भावना कमजोर बनेको छ । सोमबार नै भएको खेलमा बंगलादेशले भुटानमाथि २–१ को कठिन जित निकालेको थियो ।
पहिलो खेलमा नेपाललाई पराजित गरेको भुटानको यो पहिलो हार थियो । यस्तै, पहिलो खेलमा घरेलु टिमलाई गोलरहित बराबरीमा रोक्न सफल बंगलादेशको भने यो नै पहिलो जित हो ।
क्याटेगोरी : खेल
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस