नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय रग्बी
नेपाल रग्बी संघ र एसिया राग्बीको संयुक्त आयोजनामा यु-१८ एसिया रग्बी सेभेन्स प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।
प्रतियोगितामा एसियाका ८ राष्ट्रको सहभागिता रहने नेपाल रग्बी संघका सचिव तथा प्रवक्त गोविन्द घिमिरेले जनाएका छन् । घिमिरेका अनुसार नेपालसहित भारत, चीन, ताईपेइ, दक्षिण कोरिया, थाइल्यान्ड, मलेसिया, बंगलादेश र युएई सहभागी हुने छन् ।
पुरुषमा ८ र महिलामा ५ टिमको सहभागिता रहने छ । नेपाली रग्बीको इतिहासमा नेपालमा पहिलो पटक रग्बीको अन्तर्राष्ट्रिय प्रतियोगिता हुन लागेको हो ।
नेपाली टोली हेटौंडाको गौरीटारस्थित रंगशालामा बन्द प्रशिक्षणमा रहेको छ । प्रतियोगितालाई सफलतापूर्वक समपन्न गर्न नेपाल रग्बी संघको कार्यवाहक अध्यक्ष दीपक देवकोटाको संयोजकत्वमा मुल आयोजक समिति गठन गरिएको छ ।
दुईदिने प्रतियोगिताका खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
क्याटेगोरी : खेल
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस