अर्जेन्टिना र साउदी भिड्दै, आज चार खेल
कतार फिफा विश्वकपअन्तर्गत मंगलबार चार खेलहरु आयोजना हुँदैछन् । पहिलो खेलमा अर्जेन्टिना र साउदी अरेबियाबिच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार दिउसो पौने चार बजे सुरु हुनेछ ।
स्टार खेलाडी लियोनल मेसीको कप्तानीमा अर्जेन्टिना सुखद् सुरुवात गर्नेत तयारीछ । मेसीले यो प्रतियोगितामा नै आफ्नो अन्तिम विश्वकप भएको बताएका छन् । अर्जेन्टिनालाई मेसी सहित, लौटारो मार्टिनेज, डि मारिया,पाउलो डिबला जस्ता खेलाडीको साथ छ ।
साझ पौने सात बजे हुने खेलमा डेनमार्क र ट्युनिसिया खेल्नेछन् । यसैगरी राति पौने दश बजे मेक्सिको र पोल्यान्डबीच भिडन्त हुनेछ । पौने एक बजे फ्रान्स र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुने तालिका छ ।
समूह सी को अर्जेन्टिना र साउदीसँगै मेक्सिको र पोल्यान्ड छन् । चारै देशको कतार विश्वकपमा पहिलो खेल हो । यता, समूह डी मा समेत फ्रान्स र अस्ट्रेलिया तथा डेनमार्क र ट्युनिसियाको पहिलो खेल रहेको छ ।
सोमबार भएको खेलमा इङ्ग्ल्यान्ड र नेदरल्यान्डले जित निकाल्दा वेल्स र अमेरिकाले अंक बाढेका थिए ।
क्याटेगोरी : खेल
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस